काठमाडौं ।
नेपाली राष्ट्रिय फुटवल टोलीका फरवार्ड खेलाडी विमल घर्ती मगर पनी अस्ट्रेलिया गएका छन । विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।
नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन्। पछिल्ला केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??