काठमाडौं । अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाण्डाैले तिन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई गएकाे शुक्रबार पक्राउ गरेको थियो ।
‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ पेस्की लिएर खेल्न आनाकानी गरेकाे भन्दै निर्माण पक्षले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएपछि केसि पक्राउ परेका हुन ।
पक्राउ गरेको दिनदेखि आइतवारसम्म थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमवार अदालतमा उपस्थित गराईने बताईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??