रुपन्देही // देवदह नगरपालिकाले कर सहभागिता अभियान-२०८० घोषणा गरेको छ। नगरपालिकाले सोमबार पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि “कर सहभागिता अभियान-२०८०” घोषणा गरेको हो।
कर सहभागीता अभियान घोषणाका कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले कर तिर्ने आम नागरिकको नैतिक कर्तव्य रहेको बताउनुभयो ।
देवदह नगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक २० करोड उठाउने लक्ष्य रहेको खरेलले बताउनुभयो। यो लक्ष्य पूरा गर्नुपर्ने नगरपालिकालाई चुनौती रहेको भन्दै उहाँले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै राजस्व परामर्श समितिको संयोजक तथा देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले नागरिकमैत्री रुपमा सेवा प्रवाह गर्न आफुहरु कतिबद्द रहेको र करको दर रेट छिमेकी पालिकाहरु भन्दा कम रहेको बताउनुभयो। उहाले बढी कर तिर्ने सेवाग्राहीलाई नगर सभाबाट सम्मान समेत गरिने बताउनुभयो। उहाले कर्मचारीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदह नगरपालिका ‘नो ट्याक्स नो पे’ नीतिमा अगाडी बढेको जानकारी दिनुभयो। आन्तरिक आम्दानी वृद्धिका लागि कर सहभागीता अभियानले सहयोग पुर्याउने उहाले बताउनुभयो।
उक्त कार्यक्रममा देवदह नगरपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, उद्योगी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो।
कार्यक्रम राजस्व परामर्श समितिको संयोजक तथा देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डेको स्वागत र राजस्व शाखा प्रमुख विष्णुप्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।
कर सहभागिता :