कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ भने एक जनाकाे अवस्था गम्भीर रहेको छ । बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो ।
उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र सर्पले डसेको थाहा पाएलगत्तै बिहान गोरुसिँगेस्थित सर्पदशं उपचार केन्द्रमा लगिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा उपचारका क्रममा ३ वर्षीया बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । आठ वर्षीया इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको छ ।