एजेन्सी । सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको नियामक निकाय फिफाले पुष्टि गरेको छ ।स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको हो भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ । मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागेको हो ।
यो निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कङ्ग्रेसमा पारित गरिने बताइएको छ । ‘विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??