spot_img
spot_img
spot_img

इजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेकको घोषणा

spot_img

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले परराष्ट्र मन्त्रालयमार्फत इजराजयल सरकारसँग समन्वय गरी ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने पनि निर्णय गरेको छ भने आजैको बैठकले  मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img