spot_img
spot_img
spot_img

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

spot_img

एजेन्सी ।  इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन् । गाजाका स्थानीय अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा परेर गाजामा झण्डै सात सय जनाको ज्यान गएको छ ।

यस्तै हमासको आक्रमणमा परी इजरायलमा पनि नौ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ । हजारौँ नागरिक बत्ती, खाना र पानी बिना कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । गाजामा बसोबास गर्ने मानिसहरुका अनुसार यति ठूलो हिंसा यसअघि कहिल्यै भएको थिएन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img