एजेन्सी । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् । विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ । “यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौं । विश्व बैङ्कका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भने, “यो एउटा राम्रो समाचार हुनसक्छ कि ब्याजदर वृद्धि अभियान सम्भवतः यहीँ समाप्त हुन्छ ।”