काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताउनुभएको छ ।
बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले गरिएको दाबी गर्नुभयो । साथै उहाँले माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको पनि बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??