spot_img
spot_img
spot_img

२०८०-०६-२५ बिहिबार को राशिफल

spot_img

मेष : शिक्षाका क्षेत्रमा सफलता मिल्नुका साथै नयाँ  कुराको खोज गर्ने मौका मिल्ने छ । सम्बन्धमा आत्मियता बढ्ने छ। । वैदिक तर्कले अरुका बिचमा प्रसंशाको हकदार बन्ने योग बनेको छ।

 

बृष:  घरायसी कार्यमा समय बित्न सक्नेछ । परिवारिक स्वास्थ्यमा समस्या देखिँदा धनको हानी हुन सक्छ ।मित्रजनबाट सोचेको जस्तो सहयोग नमिल्दा मन खिन्न हुन सक्छ।यात्रा भने लाभदायक नरहने देखिन्छ।

 

मिथुन: वाक प्रभाव तथा संचारमा सुधार आउने छ। लामो समय देखि सम्पर्क हुन नसकेको ब्यक्ती संग सम्पर्क हुन सक्छ।मित्रजनको विशेष सहयोग प्राप्त हुनेछ।वैदेशिक क्षेत्रबाट लाभ मिल्ने योग बनेको छ।

 

कर्कट : पारिवारिक भेटघाट तथा जमघटमा समय बित्ने देखिन्छ। लामो समय देखीको बिबादको अन्त्य हुनेछ।आर्थिक पक्ष भने बलियो हुने समय रहेको छ।

 

सिंह : रचनात्मक कार्यको बिकास हुनुका साथै मनोरञ्जनात्मक क्षेत्रमा बिशेष दिन बित्नेछ। नयाँ कार्य थालनी गर्नका लागि समय उत्तम रहेको छ।प्रेम तथा समबन्धका क्षेत्रमा भने राम्रो रहनेछ।

 

कन्या: आकस्मिक स्वास्थ्य समस्या सुरु हुन सक्छ। यात्रामा समय बित्ने छ। झन्झटिलो कामले गर्दा मन खल्लो हुन सक्छ। अनावश्यक स्थानमा खर्च हुदा धन हानी हुने देखिन्छ।

 

तुला: बालबालिक संग समय बित्ने छ बने विशेष सम्मानित कार्यको थालनी हुने देखिन्छ। आयस्रोतमा वृद्धि हुने देखिन्छ। आफन्तजनको वैदेशिक यात्राको खबर सुन्न मिल्नेछ।

 

बृश्चिक : कर्मक्षेत्रमा विशेष लाभको समय बनेको छ।आफ्नो कार्यको उचित मूल्यांकन हुदा आनन्द महशुस हुनेछ। परिवारिक सहयोग ले अल्झिएका काम फुकुवा हुनेछ।विद्यार्थीहरुका लागि भने यात्रा रद्द हुनसक्छ।

 

धनु:  भाग्यले साथ दिदा आकस्मिक लाभ हुन सक्छ। दिनको सुरुवातमा खुशी  एवम लाभदायक खबर सुन्न मिल्नेछ।धार्मिक ब्यक्तीहरुको साथ सहयोग मिल्ने छ ।श्वासप्रश्वास सम्बन्धी र सामन्य रुघाखोकी को समस्याले सताउन सक्छ।

 

मकर:  चर्म तथा गुप्त रोगले पीडा दिन सक्छ।  अनावश्यक झमेलामा पर्न सक्ने हुदा  वादविवाद भन्दा पर बसे धेरै राम्रो हुनेछ।ऋण दिनु वा लिनु दुवैका लागि समय राम्रो नभएकाले बिशेष ख्याल गर्नु पर्ने देखिन्छ।

 

कुम्भ: आन्तरिक कुराहरु बाहिरिदा मन खिन्न बन्न सक्छ। बिपरित लिङ्गीको बिशेष सहयोग प्राप्त हुनेछ। ब्यबस्थापनको कार्यमा समय बित्न सक्ने छ। परदेश यात्रा लागि समय राम्रो छ ।

 

मीन :  शत्रु संग पारस्परिक तर्क हुन सक्छ। बिग्रेको काम बन्ने सम्भावना बनेको छ। राजनीतिक तथा कानुनी ब्यक्ती संग बिशेष भेटघाट हुनसक्छ।स्त्री मित्रबाट सहयोग मिल्नुका साथै सामुहिक कार्यका समय खर्चिनु पर्ने देखिन्छ।

 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img