काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले मोटरसाइकल र्याली गरेका छन् ।
आज शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायतका राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली गरेका हुन् । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरेका हुन।
अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??