मुम्बई । किशोर कुमार आफ्नो प्रतिभाका लागि जति चिनिन्थे, उनको व्यक्तिगत जीवनका कथाहरू पनि उत्तिकै रोचक छन् । अभिनय र गायनमा उत्कृष्ट शैलीका लागि परिचित किशोर दाले पैसा नआएसम्म कुनै काम गरेनन् ।
कसैले आधा पैसा दियो भने काम पनि आधा छोडिदिन्थे। उनको अहंकारी स्वभावका कारण धेरै चलचित्रकर्मी उनीसँग काम गर्न हिचकिचाउँथे । घरमा धेरै मानिस भेट्न नआओस् भनेर सबैलाई डराउन घरमा मानव कंकाल राखिएको थियो।
किशोर कुमारले १३ अक्टोबर १९८७ मा संसार छोडे । यही दिन उनले श्रीमतीको अगाडि मर्दै गरेको जस्तो अभिनय गरिरहेका थिए तर वास्तवमा नै उनको मृत्यु भयो । शुक्बार उनको ३६ औं पुण्यतिथि परेको थियो ।