रुपन्देही । कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड कञ्चन ५ रुपन्देहीको तेश्रो साधारण सभा शनिवार सम्पन्न भएको छ। साधारण सभालाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले उत्पादनसंग जोडिएको आत्मनिर्भररुपी उद्यम गर्ने हरेकलाई पालिकाले आवस्यक सहयोग गर्ने बताउनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कञ्चनको आर्थिक पक्षलाई सवल बनाउन सहकारीको अहम भुमिका रहेको बताउदै स्वरोजगार तथा आत्मनिर्भर हुनेगरी उत्पादनमुखी उद्यम गर्ने कञ्चनवासी उद्यमीहरुलाई पालिकाले आर्थिक, भौतिक तथा ब्यबसायिक सीप बिकासको तालिमको समेत ब्यन्दोबस्त गर्न तत्पर रहेको बताउनु भयो। कञ्चनका हरेक सहकारीको फरक फरक बिशेषता सहितको आफ्ना शेयर सदस्यहरुलाई इलमयुक्त व्यबसायका लागी प्रोत्साहति गर्नु पर्ने कुरालाई जोड दिदै अध्यक्ष ढकालले १ महिना भित्र वडा नं. ५ र ३ का करिब ४ सय देखि ५ सय अब्यबस्थित बसोबासी तथा भुमिहिन दलित र भुमिहिन सुकुमवासीहरुलाई लालपुर्जा दिेने तयारी गरिरहेको बताउनु भयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले नजिकै गरेको बिभिन्न चार्ड पर्वहरुमा चोरी तथा अबैध कृयाकलाप बढ्न सक्ने भएकोले सदैब सतर्क रही घरको झ्याल ढोका सुरक्षित रुपमा ताला चावी लगाएर छिमेकीहरुलाई समेत निगारनी गर्न लगाउनु पर्ने उल्लेख गर्नु भयो। दिदि बहिनी बचत तथा ऋण सहकारी संस्था, कञ्चन ४ का अध्यक्ष सुमित्रा बुढाथोकीले महिलाहरुलाई सामाजिक, आर्थिक तथा उद्यम बिकास तर्फ अब्बल बनाउन सहकारीको भुमिका महत्वपुर्ण रहदै आएको बताउनु भयो। यसैगरी रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ गरगरेका अध्यक्ष नाम बहादुर के.सी.ले सहकारीलाई बचत र ऋण लगानीको अर्थबाट मात्र हेरिदा सहकारीको क्षेत्र साँघुरो हुने भएकोले शेयर सदस्यहरुको आर्थिक बिकासका लागि शेयर सदस्यले लिएको कर्जालाई उत्पादनसंग जोडिएको योजनामा आधारित संस्थाको रुपमा बिकास गर्न आवस्यक रहेको बताउनु भयो।
कार्यक्रममा कञ्चन गाउपालिका कार्यपालिका सदस्य शुसिला थापा, वडा नं. ५ का वडा सदस्य मिना बि.क.ले समेत सहकारी मार्फत महिलाहरुलाई सामुहिक नेतृत्व र उद्यमशिल बन्नमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो।
संस्थाका अध्यक्ष हिमा बेलवासेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक सन्तोषी भण्डारी आचार्यले संस्थाको लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाका शेयर सदस्यहरुद्वारा सहकारी सम्बन्धी लघु नाटक प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाका् चिनोको रुपमा स्थानीय रुपमा उत्पादन गरिएको मह प्रदान गरिएको थियो।
संस्थाले शेउर सदस्यहरुलाई उत्पादनसंग जोड्न सामुहिक खेती प्रणालीमा आवद्ध गराउदै आएको छ भने समूह बनाएर बाख्रा पालन कार्यक्रम अन्तर्गत गाउपालिकाको अनुदानमा उन्नत जातका माउ बाख्रा तथा बिउ बोका वितरण समेत गर्दै आएको छ। संस्थाले बाख्रा पालन गरेर जिविकोपार्जन गर्दै आएका बाख्रा पालक किसान बेलमती जैसीलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष हिमा बेलवासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्ष उप समितिका सदस्य लेखकला भट्टराइले स्वागत गर्नु भएको थियो भने सचिव मञ्जु पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रम बुद्धदीप बोर्डिङ्ग स्कुलको सभाहलमा सम्पन्न भएको हो।
कञ्चन महिला उद्यमी सोकोसको तेश्रो साधारण सभा सम्पन्न
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??