एजेन्सी । इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले बिहीबार खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ । जारी खडेरी प्रकोपको वृद्धिपछि १४ दिनसम्मका लागि यो घोषणा लागू हुने छ।
बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले आजदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
बालीमा जुलाईदेखि अक्टोबरसम्मको विषम मौसमी अवस्थाका कारण प्रान्तको राजधानी डेनपसारलगायत १० वटा क्षेत्रका १ सय १३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको महेन्द्रले बताउनु भएको छ ।
खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका कार्य अगाडि बढाएको र बलिरहेको आगो निभाउने प्रयास गरेको उनले उल्लेख गरेका छन् ।