मेष : रोकिएका कामहरु बन्ने समय रहेको छ । व्यापारमा राम्रो फाईदा हुनेछ । तपाईको कामबाट छिट्टो अरुको मन जित्न सक्नु हुनेछ । रमाईलो पारिवारिक सम्बन्ध हुनेछ ।
वृष : धार्मिक काममा रुचि बढ्दा मन प्रशन्न रहनेछ । भाग्यको राम्रो साथ मिल्दा थोरै मेहनत गर्दा पनि काममा सफलता मिल्नेछ । नसोचेको ठाउँबाट पैसा तथा उपहार आउँनेछ ।
मिथुन : चोटपटकको भय रहेको छ सावधान भएर अगाडी बढ्नु होला । स्वास्थ्य समस्या बढ्न सक्छ खानपानमा बिशेष सावधानी अपनाउँनु होला ।
कर्कट : दाम्पत्य सम्बन्धमा भएको विवादहरु ह्ट्ने र पार्टनरको साथ मिल्नेछ । मन खुशी हुँदा गरेको काममा सफलता मिल्नेछ । यात्रा गर्नका लागि समय शुभ देखिन्छ ।
सिहं : शत्रु पक्ष कमजोर हँुदै जाने र तपाईलाई न्याय मिल्नेछ । खेलकुदमा सहभागी हुदाँ राम्रो नतिजा आउँनेछ । नयाँ योजना बनाएर अगाडी बढ्नका लागि समय राम्रो देखिन्छ ।
कन्या : नयाँ कुरा सिक्नका लागि राम्रो समय रहेको छ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ । साथीभाईहरुबाट सहयोग मिल्ने समय रहेको छ ।
तुला : घरपरिवारमा विवाद बढ्दै जानेछ । अनावश्यक कुरामा खर्च बढ्ने छ । सानो कुराले गर्दा मन वेचैन रहनेछ एकदम धैर्य गर्दा र अरुको सल्लाह लिएर अगाडी बढ्दा राम्रो हुनेछ ।
वृश्चिक : वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा अगाडी बढ्नका लागि राम्रो समय छ । पराक्रम बढ्ने र आटेको काममा सफलता मिल्नेछ । मित्रसँग लामो समयपछि मिलन हुनेछ ।
धनु : आफन्तहरुसँग भेट हुने र रमाईलो समय बित्नेछ । मिष्ठान्न भोजनको राम्रो अवसर प्राप्त हुनेछ । काममा मानसम्मान प्राप्त हुनेछ ।
मकर : शुभ समय रहेको छ यसले गर्दा जोश जागरमा वृद्धि हुनेछ । सामाजिक क्षेत्रको काममा सहभागी हुने अवसर प्राप्त हुनेछ । मनोरञ्जन समय बित्नेछ ।
कुम्भ : खर्च बढ्दा धनको समस्याले मन चिन्तित रहनेछ । औषधी उपचारमा धन खर्च हुनेछ । अनावश्यक विवादमा समय बित्न सक्छ बोलीमा सावधानी अपनाउँनु होला ।
मीन : नसोचेको उपहार हात पर्नेछ । सवारी साधन लिनका लागि राम्रो समय छ । धनको समस्या हट्ने छ । स्वास्थ्यमा राम्रो सुधार आउँने छ ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।