सर्लाही ।
दुई सय ५० किलो गाँजासहित सर्लाहीको कविलासी नगरपालिका–९ भलुवाहाबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कविलासी १० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारततर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??