spot_img
spot_img
spot_img

शेयर बजार पुनः दोहोरो अंकले ओरालो लाग्यो

spot_img

काठमाडौं ।

सेयर बजार आज बुधबार पनि ओरालो लागेको छ । हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ। आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ५७ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img