spot_img
spot_img
spot_img

पश्चिम तराईका महिलाहरुले करवा चौथ पर्व मनाए

spot_img

बुटवल ।

कपिलवस्तु लगाएत तराईका पश्चिमी जिल्लाहरुमा  महिलाहरुले करवा चौथ पर्व मनाएका छन् । विवाहित  महिलाले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गर्दछन् । कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पतिको सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् ।

महिलाहरू एक ठाउँमा जम्मा भइ करवा चौथसँग सम्बन्धित कथा सुनेर धूमधामका साथ पूजापाठ गर्दछन्। रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा गरेपछि पतिको हातबाट मीठो परिकार ग्रहण गरी व्रत तोड्ने चलन छ ।

कुनै कुनै ठाउँमा पतिको अनुहार चलनीमा हेरेपछि पानी खाएर व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाले दिनभरि व्रत बसी साँझ पख नयाँ चामलको फारा, आसा, तरकारी, पुरी, खीर खाने चलन छ। करवाचौथका दिन दिनभरि उपवास बसेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img