spot_img
spot_img
spot_img

युद्धविरामको संभावना नरहेको इजरायली प्रधानमन्त्रीको भनाइ

spot_img

एजेन्सी ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजापट्टीमा तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पार्नुभएको छ ।

हमास लडाकुले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग अस्थायी युद्धविरामको कुनै संभावना नरेहको उहाँले प्रष्ट पार्नुभएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासबीचको लडाइँ पाँचौं हप्तामा प्रवेश गर्नै लाग्दा नेतान्याहुले हिजो अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायली राजधानी तेल अभिभमा भेटवार्ता गर्नुभएको हो ।

वार्ताका क्रममा ब्लिन्केनले गाजामा मानवीय युद्धविरामका लागि आग्रह गर्नुभएको बताइएको छ । तर नेतान्याहुले सबै बन्धकहरूलाई मुक्त नगरेसम्म त्यस्तो कुनै सम्झौता हुन नसक्ने बताउनुभयो ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले गाजा सहरको सबैभन्दा ठूलो अस्पताल अल–शिफा बाहिर गरिएको आक्रमणबाट आफू पूरै स्तब्ध भएको बताउनुभएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img