spot_img
spot_img
spot_img

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

spot_img

एजेन्सी ।

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन् ।

छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ÷हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ । “प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने छन्”, दिल्ली राज्यका शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समा भने, “उच्च प्रदूषण स्तरका कारण माध्यमिक विद्यालयहरूलाई ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने विकल्प दिइएको छ ।”

अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार तीन करोड जनसङ्ख्या भएको भारतीय राजधानी आइतबार फेरि एक पटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहरको स्थानमा छ ।  दिल्लीले प्रत्येक वर्ष निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउँछ र प्रदूषण गम्भीर स्तरमा पुग्दा केही सवारी साधनलाई सडकबाट हटाउने आदेश दिन्छ । तर आलोचकहरूले सरकारले सार्वजनिक स्वास्थ्य सङ्कटको प्राथमिक स्रोत कृषिलाई जानाजानी नजरअन्दाज गरेको बताउँछन् ।

छिमेकी राज्यहरूमा किसान निर्वाचनमा शक्तिशाली मतदाता हुन् र निर्वाचित नेताहरूले उनीहरूको सो कार्यका लागि कडा जरिवाना वा अन्य दण्डात्मक कदम लगाउनु पर्छ भन्ने मागलाई लामो समयदेखि विरोध गर्दै आएका छन् ।  नयाँदिल्लीमा सोमबार श्रीलङ्का र बङ्गलादेशबीच विश्व कप क्रिकेट खेल हुँदैछ । तर दुवै टिमले हालैका दिनमा धुवाँबाट हुने स्वास्थ्य जोखिमका कारण आफ्नो निर्धारित खेलपूर्वको प्रशिक्षण रद्द गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img