एजेन्सी ।
भारतको राजधानी नया दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागु गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा बसेको बैठकले पछिल्ला दिनमा बढ्दै गएको प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।
बैठकपछि पर्यावरणमन्त्री गोपाल रायले दिएको जानकारी अनुसार राजधानी दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिने छ । जसअनुसार जोर तारिखको दिन जोर नम्बर भएका सवारी साधन र बिजोर तारिखका दिन बिजोर नम्भर भएका सवारी साधन सञ्चालन हुनेछन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??