जाजरकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार जाजरकोट पुगेर मृतकका परिवार, घाइते, घरबारविहीन नागरिकको अवस्थाबारे जानकारी लिनुभएको हो ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । भूकम्पका कारण राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??