spot_img
spot_img
spot_img

चीनद्वारा थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण

spot_img

जाजरकोट ।

चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । चीनबाट आज चार हजार छ सय वटा कम्बल र छ सय वटा टेन्ट आएका छन् । यसअघि रसुवागढी नाका हुँदै २३ वटा ट्रकमा १० करोड रुपैयाँ बराबरका राहत सामग्री आएका थिए

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img