नयाँ दिल्ली । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । आफ्नो बलिउड डेब्युका कारण उनी अहिले हेडलाइनमा छाइरहेका छन् । खबरहरूका अनुसार जुनैद वाईआरएफको फिल्म महाराजाबाट ठूलो पर्दामा प्रवेश गर्दै छन् ।
यो फिल्ममा उनको जोडीको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी रहने छिन् । यो लभस्टोरी अहिले जोडतोडका साथ शुटिङ भइरहेको छ । यसअघि १५ वटा अडिसनमा फेल भएपछि बल्ल जुनैद माहाराजाका लागि छानिएका हुन् । यो कुरा आमिरले एउटा अन्तरवार्तामा बताएका थिए । जुनैद लामो समयदेखि थिएटरमा काम गरिरहेका थिए ।
आफ्नो छोरालाई लन्च गर्ने इच्छा आमिरलाई कहिले थिएन । प्रतिभा भरपुर भएको कलाकार मात्रै बलिउडमा टिक्न सक्ने भन्दै उनले बताएका थिए । बलिउड डेब्यू अघि जुनैद खान आगामी प्ले ‘स्ट्रिक्टली अनकन्भेन्शनल’मा देखिनेछन् । यो प्लेमा उनले ट्रान्सवुमनको भूमिका निर्वाह गर्दै छन् । यो प्लेको पहिलो शो नोभेम्बरमा १५ मा देखाइनेछ ।