काठमाडौं ।
काठमाण्डाै – आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँएको छ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने नाराकासाथ नेपालमा पनि दिवस मनाइँदैछ । सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो ।
सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??