देवदह ।
रुपन्देहीको देवदहमा किशोर किशोरीका लागि ३ दिने जीवन उपयोगी सिप सम्बन्धी तालिम सम्पन्न भएको छ। सोइया महिला स्वावलम्बी संस्था देवदह रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारे मात्र तालिमको सहि सदुपयोग हुने बताउनुभयो। उहाले सोईया महिला संस्थाले हरेको कार्यमा आफु सधै सहभागी भएको र यस संस्था बाट अझै यस्तै रचनात्मक कार्यको आसा गरेको बताउनुभयो।
सोहि अवसरमा महामाया भवानी मा.विको प्र.अ ऋषिश्वर अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्ती, परियोजना संयोजक रोजी गुरुङ, ब्राईट फिउचर ट्रेनिङ एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक उमाकान्त आचार्य, देवदह किशोर समुहका दिपक न्यौपाने, सोईया किशोरी समुहको अस्मिता परियार लगाएतले आ-आफ्नो भनाई राखेका थिए।
तालिमको उमाशंकर आर्चायले सहजीकरण गर्नु भएको थियो।तालिममा देवदह किशोर समूह, सोइया किशोरी समूह, भवानी किशोरी समूह र श्रीष्टी युवती समूहका प्रतिनिधीहरु गरी ३० जना बालबालिकाको सहभागिता रहेको थियोे।
तालिममा जीवन उपयोगी सिप सम्बन्धि १० वटा सीपहरु आत्मजागरण, अनुभुती, प्रभावकारी संचार, अन्तरव्यक्ति सम्बन्ध, समालोचनात्मक सोचाई, सिर्जनात्मक सोचाई, संवेगलाई नियन्त्रण गर्ने क्षमता, तनावपूर्ण स्थितीको सामना गर्ने क्षमता, निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने क्षमताबारे बालबालिकालाई तालिममा जानकारी गराईएको थियो।
कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता, संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको धन्यवाद ज्ञापन र सामाजिक परिचलक एलिना हमालको सञ्चालनमा सम्पन्न भएको थियो।