spot_img
spot_img
spot_img

उपत्यकामा रातभर देउसी–भैलो खेल्न पाईने

spot_img

काठमाडौं ।

काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने पाईने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img