काठमाडौं ।
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको हो ।
टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिगार्ने खालका गतिविधीहरु बढ्दै जान थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँको भनाई छ । उहाले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो ।
भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाईसकेको छ ।
यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो ।