बुटवल ।
गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको छ । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा वलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??