मेष : कामको क्षेत्रमा मानसम्मान मिल्ने समय रहेको छ । राजनैतिक क्षेत्रको काममा अगाडी बढ्दा सफलता मिल्नेछ । परिवारजनको साथमा राम्रो समय वित्ने मन प्रशन्न हुनेछ । नयाँ कामहरुको थालनी गर्नका लागि समय शुभ रहेको छ ।
वृष : धार्मिक काममा रुचि बढ्दै जानेछ । वैदेशिक यात्रा गर्नका लागि राम्रो समय रहेको छ । मनोरञ्जन गरेर समय बित्नेछ । वौद्धिक र तार्किक क्षमताको विकास हुनेछ ।
मिथुन : समय सोचे जस्तो नरहन सक्छ संयमता अपनाएर अगाडी बढ्नु होला । घरपरिवारको साथ नपाउँदा समस्या बढ्दै जानेछ । स्वास्थ्यमा केही समस्या आउँन सक्छ खानपानमा ध्यान दिएर अगाडी बढ्नु होला । मन अस्थिर रहनेछ ।
कर्कट : दाम्पत्य सम्बन्धको लागि राम्रो समय छ । आफ्नो पार्टनरको सहयोगले गर्दा आटेको सोचेको कामहरुमा सफलता मिल्नेछ । व्यापार व्यवसायका लागि राम्रो समय छ । आर्थिक वृद्धि हुनेछ ।
सिंह : नयाँ योजनाहरु बनाएर अगाडी बढ्दा सफलता मिल्नेछ । आर्थिक समस्या हट्नेछ । तपाईको प्रतिभाले सबैको मन जित्नेछ । स्वास्थ्यमा भने केही समस्या आउँन सक्छ सावधान रहनु होला ।
कन्या : नयाँ कुरा सिक्नका लागि राम्रो समय रहेको छ । प्रेम सम्बन्धमा सुधार हुनेछ । साथीभाईको सहयोगले आटेको गरेको काममा सफलता मिल्नेछ । आर्थिक लाभको समय रहेको छ ।
तुला : समय शुभ छैन अरुको सहयोग र सल्लाह लिएर अगाडी बढ्दा राम्रो हुनेछ । योजना गरेका काममा सफलता मिल्न गाह्रो हुनेछ बढि मेहनतका गर्नुपर्नेछ । शत्रुको भय बढ्नेछ बोलीमा सावधानी अपनाउँनु होला ।
वृश्चिक : साथीभाईसँग रमाईलो समय बित्ने छ । पराक्रम बढ्दै जानेछ शारीरिक परिश्रम गरेको काममा सफलता मिल्नेछ । यात्राको योजना बनाउँनका लागि राम्रो समय छ । स्वास्थ्यमा सुधार आँउनेछ ।
धनु : बोलिको राम्रो प्रभाव हुदा कामहरु सजिलै बन्ने छ । लामो समयसम्म टाढा भएका आफन्तहरुसँग भेटघाट गर्ने मौका मिल्नेछ । मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । धन संकलन गर्न राम्रो समय छ ।
मकर : मन प्रसन्न हुनेछ र सृजनात्मक काममा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा भएको समस्या हट्नेछ । नसोचेको ठाउँबाट रकम हात पर्नेछ । उपहारहरु प्राप्त हुने शुभ समय रहेको छ ।
कुम्भ : अरुको लागि अनावश्यक धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या बढ्ने समय रहेको छ विशेष ध्यान दिनु होला । हतारमा निर्णय गर्दा पश्चपात हुन सक्छ अरुको सल्लाह लिएर अगाडी बढ्नु होला ।
मीन : भाग्यले साथ दिने हुँदा आटेको काममा सफलता मिल्नेछ । जोश जागर बढ्दै जाने मन खुशि हुने समय छ । उपहारहरु मिल्ने समय रहेको छ । प्रेम सम्बन्ध अझ प्रगाढ बढ्दै जानेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??