spot_img
spot_img
spot_img
spot_img

मेष :  भाग्यले साथ दिने  समय  रहेको छ  ।   पारिवारिक  भोजभतेरमा सहभागी हुने योग छ ।वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ ।

 वृष : अरुको लागि समय खर्च  हुदा  आफ्ना् काम पुरा  हुनलाई  बाधा   आउान सक्छ । अध्ययनमा रुचि घट्नेछ । स्वास्थ्य समस्याहरु बढ्न सक्छ  खानपानका  बिशेष  सावधानी  अपनाउनु  होला । 

मिथुन : जग्गा जमिन खरिदको काम हुन सक्छ । प्रियजनको सहयोग मिल्दा आटेको  काममा   सफलता मिल्नेछ । व्यापारबाट  राम्रो फाईदा  मिल्नेछ । 

कर्कट : नयाँ काममा   अगाडी बढ्दा शुभ रहनेछ । तपाईको  प्रतिभाले अरुको मन जित्ने छ । प्रतिस्पर्धामा सहभागी  हुँदा  राम्रो  स्थान  प्राप्त  रहला । स्वास्थ्यमा  भने केही  सामान्य  समस्या देखिन सक्छ  सावधान  रहनु  होला । 

सिंह : अध्ययनको क्षेत्रमा  राम्रो सफलता  मिल्नेछ । प्रेम  सम्बन्धमा  भएको  समस्या हट्दै जाने र  प्रियजनसँग   नजिक  हुदै  जाने  अवसर प्राप्त होला ।  नयाँ  योजना  बनाउँनको लागि  समय उत्तम रहेको  छ  । 

कन्या : सामान्य   कुराहरुमा  विवाद  बढ्दा  सामाजिक सद्भावमा समस्या आउँन सक्छ । अनावश्यक डरले मन भयभित हुनेछ । ईज्जत प्रतिष्ठामा दान लाग्न सक्छ  कुनै  पनि काम गर्दा  सावधान  भएर  अगाडी  बढ्नु होला ।

तुला : उपहार प्राप्त हुन सक्छ । नयाँ  रोजगार तथा  धन प्राप्तिको अवसर जुट्नेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला ।  वैदेशिक क्षेत्रसँग  सम्बन्धित  काम  गर्दा सफलता मिल्नेछ ।

वृश्चिक : राजनीतिक सहयोगले आटेको काम बन्नेछ । जागिरको क्षेत्रमा पदउन्नतिको अवसर मिल्नेछ । सामाजिक काममा सहभागि  हुदा मानसम्मान  मिल्न सक्छ ।

धनु : समय शुभ  रहेको छ  यसले  गर्दा आटेको गरेको काममा  सफलता मिल्नेछ पारिवारमा भएको समस्या  हट्ने र  सम्बन्ध  सुमधुर  हुदै जाने छ । नयाँ व्यापारमा अगाडी  बढ्नको लागि  राम्रो दिन   छ ।  

मकर : सामान्य चोटपटकको सम्भावना देखिन्छ  सवारी चलाउँदा सावधानी  अपनाउँनु  होला । भाग्यले साथ नदिने हुदा बढि परिश्रम गर्दा मात्र सफल भैनेछ । धन चोरी हुन सक्छ   सावधान  रहनु होला । 

कुम्भ :  पराक्रम बढ्दै जाने  हुदा  गरेको काममा सफलता मिल्नेछ  । आम्दानीको नयाँ स्रोत बन्दै जानेछ । लामो समयदेखि  रोकिएको धन हात पर्नेछ । 

मीन :राजनैतिक  क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा खुशी मिल्नेछ । रमाईलो यात्रा हुदा   मन प्रशन्न रहने छ  । धार्मिक कार्यमा  सहभागी  हुने  अवसर  प्राप्त  रहन्छ ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img