एजेन्सी ।
इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई रिहा गरिएको छ । जेलमा कैदीहरुलाई दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक गरेका ती पुरुषलाई रिहा गरिएको समाचारमा उल्लेख छ ।
सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो। झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे । शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए ।
अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो। २ वर्षपछि मुद्दाको पेशी शुरु भयो । तर कोरोना भाइरसको महामारीका कारण पेशीमा ढिलाई हुँदा सन् २०२२ मा मात्रै डिमिट्रीलाई ३० वर्षको जेल सजाय सुनाइयो । जेलमा उनी डरै लाग्ने गरी मोटाउँदै गए । जेलको खानाले उनको तौल घटाउनै नसकेपछि उनलाई यही जेलबाट रिहा गरियो ।