spot_img
spot_img
spot_img

शेयर बजारमा २३ अंकको गिरावट

spot_img

काठमाडौं ।

सोेमबार झिनो अंकले उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । करिब २३ अंकले घटेको बजार १८ सय २९ बिन्दु कायम रहेर थामियो । व्याजदर घट्ने क्रममा रहदा पनि लगानीकर्ताको शेयर बजारप्रति विश्वास फर्कन सकेको छैन ।

कारोबार भएका सबै उपसुचक रातो रहेको बजारमा उत्पादन समूह सबैभन्दा बढी ३ प्रतिशत बढीले ओरालो लागेको छ । अरु अधिकांश समूह १ प्रतिशत बढीले घटेका छन । मंगलबार २ सय ८५ कम्पनीको ३६ लाख कित्ता शेयर ९५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

मंगलबार ३१ कम्पनीको मूल्य बढ्दा २ सय १ कम्पनीको मूल्य घटेको छ । घटेको बजारमा पनि मिन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ७ प्रतिशत बराबर कमाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img