काठमाडौं ।
भाेलि मङ्सिर ७ गतेकाे विरोध प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था बलियाे बनाएको नेपाल प्रहरीले जनाएको छ ।
नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको काठमाण्डाै प्रहरीले जनाएको हो ।
प्रहरीले घरबाट निस्कन परेमा सडकको अवस्था बुझेर निस्कन आग्रह गर्दै घरबाट निस्केपछी नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??