एजेन्सी ।
अमेरिका र क्यानाडको सिमानामा पर्ने रेन्बो ब्रिजमा एउटा कार विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।घटनामा परि सिमा सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रसिद्ध पर्यटकीय स्थल ‘नियाग्रा फल्स’ नजिकको उक्त रेन्बो बिज्रमा अत्यधिक गतिमा हुइँकिएको एउटा कार विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको कारण पत्ता लागेको छैन ।
यद्यपी न्युयोर्कका गर्भनर क्याथी होचुलले घटनामा आतंकवादी संलग्नताको कुनै संकेत नदेखिएको बताउनुभएको छ । नियाग्रा फल्समा रहेको रेन्बो ब्रिज अमेरिका र क्यानाडको सिमानामा बग्ने नियाग्रा नदीमाथिको प्रसिद्ध पुल हो । उक्त पुलमा विष्फोट हुँदा सैंयौं पर्यटक वारी–पारी अड्किएका छन् ।