एजेन्सी ।
इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम हुँदैछ । स्थानीय समय अनुसार आज विहन ७ बजे युद्धविराम सुरु हुने भएको हो । आजै साँझ ४ बजे हमासको कब्जामा रहेका १३ बन्धक र सम्झौता अनुसार इजरायली जेलमा रहेका प्यालेस्टायनी छुट्ने कतारी विदेश मन्त्रालयले जनाएको छ ।
यता, युद्धविराम सुरु हुनै लाग्दा पनि इजरायलले गाजामाथि आक्रमण जारी राखेको छ । विराम सुरु हुनुभन्दा अघिल्लो एक घण्टाअघि मात्र गाजास्थित राष्ट्रसंघको शरणार्थी शिविरमा भएको इजरायली बमबारीमा कम्तिमा २७ जना मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??