पाल्पा ।
पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ। दुर्घटनामा परि पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको प्रहरीले जनाएको छ । लु ४ त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट खसेकाे प्रहरीले जनाएकाे छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




