नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू-१९ एसिया कप खेल्ने भएका छन् । यू-१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताएका छन ।
सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन्।
सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू-१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ ।
पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू-१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??