काठमाडौं ।
लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारेकाले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेको लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
वि.स. २०४६ सालमा तत्कालिन श्री ५ को सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका– १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??