spot_img
spot_img
spot_img

भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु

spot_img

एजेन्सी ।

भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।

गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् । जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पु¥याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।

गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् । यहाँ पछिल्लो २४ घण्टामा १ सय ४४ मिलिमिटर वर्षा भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img