काठमाडौं ।
शेयर बजार मंगलबार पनि सामान्य अंकको गिरावट आएको छ । तिब्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रही १८ सय ९४ कायम भएर थामिएको हो ।
मंगलबार कारोबार पनि घटेर सवा अर्बमा सीमित रह्यो । मंगलबार ८ वटा समूह रातो रहँदा ५ वटा हरियो रह्यो । होटल तथा पर्यटन, उत्पादनमूलक, वित्त, जलविद्युत र सामूहिक लगानी कोषबाहेक अरु समूह ओरालो लागे ।
मंगलबार २ सय ९० कम्पनीको ४७ लाख कित्ता शेयर १ अर्ब २८ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । मंगलबार १ सय २ कम्पनीको शेयर मूल्य बढ्दा १ सय २६ कम्पनीको घटेको पनि नेप्सेले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??