काठमाडौं ।
आज ३२औं विश्व अपांगता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको थियो ।
नेपालमा संविधानले अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित गरेपनि त्यस अनुसारको ब्यवहार भने हुन सकेको छैन । सरकारी कार्यालयदेखि सडकसम्म अपांगमैत्री नहुँदा अपाङ्गगता भएकाहरुले ठूलो सास्ती बेहोेर्नु पर्ने गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??