spot_img
spot_img
spot_img

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img

बुटवल ।

पर्यटनको महत्वलाई दृष्टिगत गरी तानसेन नगरपालिका २ मेहलधारा.स्थित बेथल इङ्गलिस बोर्डिङ्ग स्कूलमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिज्म बोर्ड, टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ), युएनडिपी र जीटिटिपीको सहकार्यमा आइतवार ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो।

निकट भविष्यमा देशका पर्यटन क्षेत्रमा आवश्यक सक्षम , योग्य तथा कुशल जनशक्ति विकास गर्ने हेतुले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिंदै विद्यार्थीहरुबीच पर्यटन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता गरिएको टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ) का अध्यक्ष मदन कुमार बरालले बताए। भोलिका दिनमा पर्यटन व्यवसायलाई माथि उकास्न विद्यार्थीहरुबाटै बलियो सम्भावना भएकोले सातवटै प्रदेशमा विद्यालय स्तरमा पुगेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका नेपाली विभागका प्रमुख डा. टंक प्रसाद पन्तको निर्णायक टोलीले प्रशंसा पाठक प्रथम, आदिक्षा थापा द्वितिय र शुभम ढुङ्गानालाई तृतिय भएको घोषणा गरे भने बिजेता विद्यार्थीहरुलाई विशिष्ट अतिथि त्रिलोचन पौड्याल र आयोजकका अध्यक्ष मदन कुमार बरालले पुरस्कार वितरण गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img