spot_img
spot_img
spot_img

सबैको रेकर्ड तोड्दै एनिमल, ४ दिनमा विश्वभर कमायो ४अर्ब २५ करोड भारु !

spot_img

एजेन्सी ।

रणवीर कपरले एनिमलको रुपमा ज्वाकपट पाएका छन्। शुक्रबार रिलिज भएको यो फिल्मले चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ ।

भारतभर भने फिल्मले सोमबार ४४ करोड भारु कमाएको छ । हिन्दी भाषामा ४० करोड भारु र दक्षिण भारतमा ४ करोड भारुको कलेक्सन छ । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २ अर्ब ४६ करोड २३ लाख भारु छ ।  सोमबार हिन्दी भर्जनको ओभरअल अकुपेन्सी ४८ दशमलव ९ प्रतिशत थियो ।

पहिलो सोमबार जवानको रेकर्ड तोड्यो

फिल्मको हिन्दी भर्सनले पहिलो सोमबार ४० करोड भारु कलेक्सन गर्ने शाहरुख खानको जवानको रेकर्ड तोडेको छ । जवानले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो । शाहरुख खानको यो फिल्म यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो । फिल्मको वल्र्डवाइड कलेक्सन ११ अर्ब भारु थियो ।

एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो । मात्रै ३ दिनमा फिल्मले ३ अर्ब ५६ करोड भारुको कमाइ गर्‍यो । यसको साथै फिल्मले विकेन्ड कलेक्शनमा दोस्रो ठूलो फिल्म पठानको रेकर्ड तोड्यो । तर फिल्मले जवानको वल्र्डवाइड रेकर्ड तोड्नेमा केहीले भने आशंका गरेका छन् ।

यद्यपि, यसले ब्रम्हास्त्रको रेकर्ड तोड्ने र रणवीरको सबैभन्दा ठूलो हिट फिल्म बन्न सक्ने बताइएको छ । रणवीरले आफ्नो १६ वर्षको फिल्मी करियरमा २० फिल्ममा काम गरेका छन् । योमध्ये ११ ओटा फिल्म फ्लप थिए भने ९ ओटा मात्रै हिट छन् । करियरको हिसाबले एनिमल उनको लागि निकै महत्त्वपूर्ण फिल्म हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img