देवदह ।
देवदहमा विभिन्न कार्यक्रमको आयोजना गरि महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको हो ।
हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ ।यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको छ । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५३ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको संयुक्त प्रयास, भन्ने मूल नारा सहित मनाइएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पोषण प्रदर्शनी, बल पास तथा कुर्ची दौड प्रतियोगिता सम्पन्न गरिएको छ।
जस अन्तर्गत पोषण प्रदर्शनीमा देवदह नगर अस्पताल वडा नम्बर ५, द्वितीय आधारभूत स्वास्थ्य इकाई केन्द्र देवदह ३ र आधारभूत स्वास्थ्य इकाई केन्द्र देवदह ८ को समूहले तृतीय स्थान हासिल गरेका छन्। त्यसैगरी कार्य सम्पादन मूल्यांकनका आधारमा देवदहमा कार्यरत ९७ जना स्वास्थ्य स्वयम् सेविका मध्ये प्रेम कुमारी गुरुङ, अनिता थारु र राधा थापालाई सम्मान गरिएको छ।
स्वास्थ्य स्वयम् सेविका रही लामो समय सेवा गरि उमेर हदका कारण ३ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई विदाई समेत गरिएको छ। २०५० साल देखि निरन्तर सेवा प्रदान गर्दै आएका विन्देमन देवी कलावारीन, यम कुमारी पाठक र रुकमा कुमारी चौधरी थारुलाई नगद एक लाख ५० हजार सहित दोसल्ला ओढाएर विदाई गरिएको छ।
देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष्क्ष एवं नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश डुम्रे, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेको स्वागत र नगरपालिकाका जान स्वास्थ्य निरक्षक गिरि तरामुको संचालनमा स्सम्पन्न भएको थियो।