spot_img
spot_img
spot_img

५ मिनेटमा ६ लाख थान फोन बिक्री!

spot_img

एजेन्सी ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमिको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ । यति बेला कम्पनीको अर्को एउटा फोन पनि चर्चामा छ । शाओमी रेड्मी के ७० सिरिज ।

यो सिरिजमा रेड्मी के७०इ, के७० र के७० प्रो छ । फोन लञ्च हुने बित्तिकै चर्चामा छ । यसको विक्रीले  पनि यही भन्छ । गिज्मो चाइनाको रिपोर्टअनुसार पहिलो दिन नै फोनको रेकर्ड विक्री शुरु भएको छ । फोनको विक्री शुरु भएको ५ मिनेटमा ६ लाख थान फोन बिकेको थियो ।

विक्री शुरु भएको मात्रै ५ मिनेटमा सो सङ्ख्यामा के७० सिरिज विक्री भएको थियो । विक्रीको यो आकार सन् २०२२ मा रेड्मी के६० को सिरिजको तुलनामा दोब्बर हो । यो फोन चीनमा लञ्च गरिएको थियो । रेड्मी के७०ई यो सिरिजको किंग मोडल हो । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ८ जेन ३ प्रोसेसर छ । रेड्मी के७० मा भने स्न्यापड्र्यागन ८ जेन २ प्रोसेसर छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img