पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।
त्यसैका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।
फाेटाेग्राफर ठगी सम्बन्धी रिपाेट गण्डकी छड्केका अपिल त्रिपाठीले प्रसारण गरेपछी प्रहरीमा उजरी परेकाे थियाे । साेही कारण अहिले सम्म चार जना प्रकाउ परेका छन ।
उनीहरु विरुद्ध विभिन्न १५ जना व्यक्तिले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चार जनालाई नै कास्की जिल्ला अदालतबाट ठगी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो ।