काठमाडौं ।
शेयर बजारमा आज ३ पटक ‘सर्किट ब्रेक’ लागेकाे छ । तेस्राे पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई काराेबार बन्द भएकाे छ।
आज बजार खुलेकाे ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे थियाे । ११ बजेर २५ मिनेटमा खुलेकाे बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दाेस्राे सर्किट ब्रेक लागेर ४० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेकाे बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आजका लागि काराेबार भन्द भएकाे हाे ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??