spot_img
spot_img
spot_img

एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल पराजित

spot_img

काठमाडौं ।

एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल दाेस्राे खेलमा पनि पराजित भएकाे छ । आज आइतवार अफगानिस्तानसँगकाे खेलमा नेपाल ७३ रनले पराजित भयाे । अफगानिस्तानले दिएकाे २ सय ६२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भएको थियो ।

यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भएको हो ।

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । अब नेपालले समूहकाे अन्तिम खेलमा पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । याे खेल आईसीसी एकेडेमी ओभल–२ मा बिहान सवा ११ बजे शुरु हुने छ ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img