एजेन्सी ।
इजरायली सेनाका एक पूर्व उपकमाण्डरले इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहने दाबी गरेका छन् । उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको पनि बताए । गाजा डिभिजनका रिटायर्ड डेपुटी कमाण्डर अमिर अविवीले बीबीसी न्यूज आवरलाई भने, ‘हामी अहिले गम्भीर मोडमा छौँ । धेरै आतंकवादी आत्मसमर्पण गर्दैछन्।’
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??